टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका श्रीलङ्का बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने – Nagarikabhiyan : National News

टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका श्रीलङ्का बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने

आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।
आईसीसीले आज शुक्रवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीु मा रहेको छ । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका श्रीलङ्का बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

समूह एु मा भारत पाकिस्तान आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह बीु मा इङ्ग्ल्यान्ड अस्ट्रेलिया, नामिबिया स्कटल्यान्ड र ओमान छन् । सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड वेस्ट इन्डिज अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी पीएनजी समूह सीु मा छन् ।