भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु
२० पुष २०८०, शुक्रबार १४:३०
काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।
शुक्रवारबाट सुरु भएको मेला २२ गते आईतवारसम्म तीन दिन सञ्चालन हुनेछ । मिडिया स्पेस सोलुसन्ल प्रा।लि।का प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा।लि। र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा।लि।ले गर्न आयोजना गरेको हो ।
उनले विगत ८ वर्षदेखि सहकार्य गर्दै मेला सञ्चालन गरिरहेको बताए । उनले मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरू रहने जानकारी दिए ।
प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी ल्यामिनेट विभिन्न कम्पनीका डिलर सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताए ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट हार्डवेयर काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस कच्चा पदार्थ तथा उत्पादनहरु रहेका छन् ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया