सल्यानमा पाँच महिनामा बलात्कारका १३ घटना – Nagarikabhiyan : National News

सल्यानमा पाँच महिनामा बलात्कारका १३ घटना

सल्यानमा पाँच महिनाको अवधिमा १३ वटा बलात्कारका घटना भएका छन् । ६ जनामाथि परिवारकै सदस्यबाट बालात्कार भएको प्रहरीको रिपोर्ट छ ।
सल्यानमा पाँच महिनामा बलात्कारका १३ घटना

यो अवधिमा थप दुई जनामाथि बलात्कारको प्रयास भएको छ । बलत्कारमा पर्नेमा २० वर्ष मुनिका किशोरी तथा बालिका पनि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक भवानी प्रसाद धमलाले महिला तथा बालिका, किशोरी बलत्कार गर्ने आफन्त ,छिमेकी तथा अन्य सबै पक्राउमा परेर सजाय भोगिरहेका बताए ।

आर्थिक बर्ष २०७८र०७९ मा २६ बलत्कार, ११ बलत्कार उद्योग र ०७९र०८० मा २३ बलत्कार र ४ बलत्कार उद्योगको घटना घटेका उनले जानकारी गराए । बलत्कारलाई नियन्त्रण गर्न स्थानीयतहसँग सहकार्य गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएपनि त्यसको प्रभाव कम परेको उनको भनाई छ ।

महिला अधिकारकर्मी मीना बुढाथोकीले बलत्कारका घटनाले महिला तथा बालिका असुरक्षित मात्र नभई मानसिक रोगको शिकार समेत बन्दै गएको बताइन् ।