विमान अवतरणका क्रममा आगलागी – Nagarikabhiyan : National News

विमान अवतरणका क्रममा आगलागी

जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ।
राजधानी टोक्योको हनेडा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गमा अर्को विमानसँग ठोक्किएपछि आगो लागेको हो।
जापान एयरलायन्सका अनुसार विमानमा सवार सबै चालक दलका १२ र ३ सय ६७ यात्रु गरी सबै ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ।