मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत मजदुरको नदीमा खसेर ज्यान गयो – Nagarikabhiyan : National News

मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत मजदुरको नदीमा खसेर ज्यान गयो

ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको ज्यान गएको छ ।
विद्युतीय तार मिलाउने क्रममा हिजो तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टाटाउनका २२ वर्षीय मुकेश शाहीको ज्यान गएको हो ।

मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङमा रहेको विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका उहाँको ज्यान गएको हो ।