यस्तो छ तरकारी तथा फलफूलको मूल्य
१७ पुष २०८०, मंगलवार ०९:२२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२ अदुवा १४०, रातो आलु ३५ सेतो आलु २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, स्थानीय काउली २० रुपैयाँ कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ मूल्य तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया