गायक सरगम राईको चाहना बढ्दै गो..गीत सार्वजनिक – Nagarikabhiyan : National News

गायक सरगम राईको चाहना बढ्दै गो..गीत सार्वजनिक

गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो।।।’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा सङ्गीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन ।
सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।