ट्याक्टरको ठक्करबाट कञ्चनपुरमाएक बालिकाको मृत्यु – Nagarikabhiyan : National News

ट्याक्टरको ठक्करबाट कञ्चनपुरमाएक बालिकाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव ढक्का स्थित बेलौरी(कलुवापुर सडक खण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको हो ।

सु।प।प्र। ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने भूपेन्द्र सिंहको छोरी ११ वर्षीया अमृताको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।