बसले ठक्कर दिँदा पोखरामा १ जनाको ज्यान गयो २ जना घाइते
१४ पुष २०८०, शनिबार १२:०५
पोखरा महानगरपालिका २७ लेखनाथमा बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
आज बिहान बाग्लुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा भारत घर भएकी इसरावती कुमारीको ज्यान गएको हो ।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा ज्यान गएको हो । घाइते तनहुँको म्याग्दे गाउँपालिका(१ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साकी ४६ वर्षीया चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया