हात्ती महोत्सवको आज अन्तिम दिन
१४ पुष २०८०, शनिबार ०७:५३
चितवनको सौराहामा चलिरहेको चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ ।
महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
हात्तीलाई चामल र भेलीको खीर केकसहित उखु सख्खर चना फर्सी ड्रागनफ्रुट स्याउ केरा खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ ।
महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया