विराटनगरबाट एक जना लागुऔषधसहित पक्राउ – Nagarikabhiyan : National News

विराटनगरबाट एक जना लागुऔषधसहित पक्राउ

विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उपमहानगरपालिका  ५ का २७ बर्षीय प्रकाश मादेन लिम्बुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी ४ एम्पुल र ५७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।