सन २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै – Nagarikabhiyan : National News

सन २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै

लामखुट्टेबाट सर्ने डेङ्गीबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गीबाट ज्यान गुमाएका छन् ।

डब्ल्यूएचओले डेङ्गीको जोखिम पछिल्लो वर्ष बढ्दै गएको र यसमा जलवायु परिवर्तन पनि आंशिक रूपमा कारण रहेको उल्लेख गरेको छ ।
उच्च वर्षा आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फैलिने गरेको र डेङ्गीको सङ्क्रमण बढेको डब्ल्यूएचओले जनाएको छ । विश्वका चार अर्ब मानिस डेङ्गीको जोखिममा रहेका र सङ्क्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने गरेका छन् । लक्षणविहीन सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको छ ।

डेङ्गीको कुनै खास उपचार नभएकाले, प्रारम्भिक पहिचान र डाक्टरको निगरानीमा हुने उपचारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ ।