पत्रकार सिंहलाई नगर प्रमुख बानियाँले दिए अपशब्द गाली – Nagarikabhiyan : National News

पत्रकार सिंहलाई नगर प्रमुख बानियाँले दिए अपशब्द गाली

बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंहलाई सामाजिक सञ्जाल फेसवुक मार्फत गाली दिएका छन् । नगर प्रमुख बानियाँले सामाजिक सञ्जाल फेसवुकमा पत्रकार सिंहले फरेको फेसवुक स्टार्टसमा कमेन्ट लेख्दै अपशब्द सहितको गाली गरेका हुन् । बुढीगंगा नगरपालिकाले करार सेवामा खेलकुद प्रशिक्षक पदपूर्तिका लागि बिज्ञापन मिती २०८०र०८ र १५ गते प्रथम पटक गरेको थियो ।

उक्त बिज्ञापनका बिषयमा पत्रकार सिंहले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । भलिबलका लागि बुढीगंगा नगरपालिका उर्भर भुमि हो नगरपालिकाले भलिबल प्रशिक्षको लागि सुचना करिव एक महिना अगाडी निकालेर बाहिर टास नगरेर वेएवसाईटमा राखेको रहेछ कति जनाको निवेदन आयो होला रु मैले चाहिँ सुरेश खड्का भाईले म्याद सकिए पछि थाहा पाएपछि सामाजिक संजालमा हालेको भएर थाहा पाए नगरपालिकाको एक कार्यकर्ता भर्ति गर्ने सेटिङवाला काम बुढीगंगा नगरपालिका
बिज्ञापनको म्याद सकिएपछि जानकारी पाउनु दुस्खद बिषय रहेको पत्रकार सिंहको भनाई छ । बिज्ञापन खोलेर सर्वसाधारणलाई जानकारी नगराएको उनको आरोप छ ।

उसो त उक्त बिज्ञापन एक महिना अगाडी खोलिएको भएपनी बाहिर प्रकाशित नभएको आरोप छ । नगरको वेबसाईटमा मात्रै राखेर दुरदराजका नागरिकले जानकारी कसरी पाउन्छन् रु पत्रकार सिंहले प्रश्न गरेका छन् सबैठाउँ नेट्वोर्कको पहुँच छैन, सबैले नेट चलाउदैनन्, नगरको वेबसाईटमा मात्रै राखेर सबैले कसरी सूचना पाउन्छन् रु सबैले थाहा पाउनका लागि त सार्वजनिक रुपमा सूचना गर्नुपर्ने हो, कि त प्रत्येक वडा मार्फत सूचना गर्नुपर्ने हो ?

पत्रकार सिंहले आफ्ना नजिकका व्यक्तिलाई सिफारिस गर्ने उदेश्यले गोप्य रुपमा बिज्ञापन खोलिएको आरोप सामाजिक सञ्जाल फेसवुक स्टार्टस मार्फत लगाएपछि नगर प्रमुख बानियाँले कमेन्ट लेख्दै गाली गरेका हुन् । नगर प्रमुख बानियाँले कमेन्टमा लेखेका छन् पदम सिंहलाई नसोधी बिज्ञापन गरेछन्क स्तो नजान्ने छन् त काममा, बिज्ञापन कहाँ गर्नुपर्छ भन्ने थाहा नपाउने  के नाम बेच्छन् पत्रकारको भन्दै अपशब्द प्रयोग गर्दै उनले गरेको कमेन्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यतिबेला नगर प्रमुख बानियाँ र बुढीगंगा नगरपालिका चर्चाको बिषय बनिरहेको छ । नगर प्रमुख बानियाँको चर्को आलोचना भैरहेको छ । नगर प्रमुख बानियाँ नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख हुन् । नगर प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले लेखेको गैरजिम्मेवार कमेन्टको बिषयलाई लिएर धेरैले टिकाटिप्पणी गरिरहेका छन् । नगर प्रमुख बानियाँको यो कमेन्टले उनको राजनीति जीवनको र उनको नगर प्रमुख जस्तो जिम्मेवार पद माथी नैतिकताको प्रश्न चिन्ह खडा गरेको छ । नगर प्रमुख भैसकेपछि जे पनि गर्न पाइन्छ भन्ने प्रवृत्तिको विकास भएको त हैन रु जिम्मेवार व्यक्तिले प्रयोग गर्ने भाषा यहीँ हो भन्दै प्रमुख बानियाँलाई यतिबेला सामाजिक सञ्जाल फेसवुकका माध्यमबाट गिज्याइरहेका छन् ।

नगरको विकासका लागि उनले तय गरेको समृद्ध बुढीगंगा र सुखी बुढीगंगा वासीको अभिभारा कता तिर जादै छ भन्ने कुरा प्रमुख बानियाँको यहीँ कमेन्टले चरितार्थ गरेको छ की नगर प्रमुख बानियाँले चाहेको विकास कस्तो हो भन्ने कुरा एक स्थानीयले भने

अहिले उनलाई नैतिकताको प्रश्न सर्वसाधारणले सोधिरहेका छन् । उसो त नगर प्रमुख बानियाँ पटकपटक बिबादित बन्दै आएका छन् । सुरुमा निर्वाचित भएको केही समय पछि एक साता भित्र बैकल्पिक सडक सञ्चालनमा ल्याउन्छु भनेर गरेको प्रतिबद्धता लामो समय सम्म पनि पूरा गर्न नसक्दा आलोचित बनेका बानियाँ पटकपटक आलोचना खेप्न बाध्य छन् । केही राम्रा कामको सुरुवात आफू निर्वाचित भएपछि भएको दाबी गर्ने उनी पटकपटक बिबादमा मुछिदै आएका छन्