मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बारामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बारा प्रसौनी गापा वडा नं २ दुधौरा खोला पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म।प्र ०३ ०३० प ४३९८ नंको मोटरसाइकल दुर्घटना भएको हो।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका(१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहता खत्री र कलैया उपमहानगरपालिका(१२ सितलपुरका वर्ष २२ वर्षीय अभिमनु कुशवाहा रहेको प्रहरीले जनाएको छ।

राति करिब १२ बजेतिर भएको दुर्घटनाबाट उनीहरू दुवैजना गम्भीर घाइते भएका थिए। उपचारका लागि उनीहरूलाई अस्पताल पुर्‍याइएको र उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।