रुकुम पश्चिममा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु ९ घाइते – Nagarikabhiyan : National News

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु ९ घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका(८ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका  ९, राडी बजार बाट वडा नं। ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नं। १० तिरिकोटमा गए राति १० बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार ज्यान गुमाउनेहरूमा आठबिसकोट  १० का ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकी चाही ५२ वर्षीय भद्र सार्की, आठबिसकोट(८ का ४८ वर्षीय धनराम सार्की तथा सोही स्थानकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका ९ जनाको अवस्था खतरामुक्त रहेको र उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको पनि प्रहरी निरीक्षक खड्काले बताए ।