आगलागी हुँदा ५५ लाखको क्षति – Nagarikabhiyan : National News

आगलागी हुँदा ५५ लाखको क्षति

ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई आज आगलागी भएको छ। आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।