सुदूरपश्चिम महोत्सवमा पलको क्रेज फ्यान लाई प्रहरिद्वारा लाठी चार्ज एकै दिन एक लाख बढी दर्शक – Nagarikabhiyan : National News

सुदूरपश्चिम महोत्सवमा पलको क्रेज फ्यान लाई प्रहरिद्वारा लाठी चार्ज एकै दिन एक लाख बढी दर्शक

कैलाली उद्योग वाणिज्य संघ कैलालीद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको नवौं दिन शनिबार एकै दिन एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेका छन् ।
महोत्सवको नवौं दिन शनिबार सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन्,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, महोत्सव हेर्न आएका कतिपयलाई त टिकट व्यवस्थापन गर्न नसक्ने अवस्था आयो । १७ औं वार्षिक संस्करणसम्म आइपुग्दा शनिबारको संख्या अहिलेसम्मकै बढी हो । दर्शकको घुइाचोले महोत्सवस्थलको आन्तरिक व्यवस्थापन नै कठिन हुन गयो ।

धनगढीस्थित पशुपति टोलको खुला मैदानमा जारी महोत्सवस्थलको क्षमता एक लाख हाराहारीमात्रै रहेको आयोजकले जनाएको छ । संघले हरेक वर्ष धनगढीमा प्रदेशस्तरीय महोत्सवको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमको विकासका प्रमुख सवाललाई उठान गर्दै महोत्सवका माध्ययमबाट देशका कार्यकारी प्रमुखलाई माग पेश गर्दै आएको छ । अहिले चलिरहेको महोत्सव १७आौ संस्करण हो ।

जारी महोत्सवमा ब्यावसायिक प्रयोजन एवं किनमेलका साढे तीन सय स्टलहरु राखिएका छन् । करिब ६० जना व्यवासायीलाई स्टल दिन नसकेर फर्काउनु परेको अध्यक्ष कुँवरले बताए । आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो । तर स्टल बुकिङ माग बढि भएर फर्काउनु पर्ने अवस्था आयो कुँवरले भने, ‘दर्शकहरुको आकर्षण पनि अत्यधिक देखियो ।
सुदूरपश्चिमको विकासका ऐजेण्डा उठान गरेर संघले गर्दै आएको महोत्सव यस वर्षको श्रृखलामा थारु गाउँ प्रदर्शनी दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ । थारु गाउँ प्रदर्शनीस्थलमा थारु समुदायका खानाका परिकार, थारु पहिरन र थारु जातिले परम्परागत रुपमा प्रयोग गर्ने लत्ताकपडा, कृषि औजार, भाडावर्तन प्रदर्शनीमा राखिएको छ ।