१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पाण्डे पक्राउ
२८ मंसिर २०८०, बिहीबार १५:४८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला पक्राउ परेका थिए । सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो।
उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया