राजविराजमा शुल्कबारे प्रश्‍न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थी कुटिए – Nagarikabhiyan : National News

राजविराजमा शुल्कबारे प्रश्‍न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थी कुटिए

सप्तरीको राजविराज नगरपालिका (१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले दुईजना विद्यार्थीलाई कुटपिट गरेका छन् ।
राजविराजमा शुल्कबारे प्रश्‍न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थी कुटिए
विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्क मनपरी लिईरहेको विषयमा प्रश्‍न उठाउँदा कक्षा १० मा अध्यनरत विद्यार्थीद्वा विकासकुमार मण्डल र रोसन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार विद्यालयको कार्यालय भवनमै कुटेका हुन् ।

कुटपिटपछि आफूलाई नांगो बनाएर भिडियो बनाएको र कसैलाई कुटपिटबारे भनिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको घाइते विद्यार्थी विकासले बताए ।

प्रअ र अध्यक्षबाट कुटिएका विद्यार्थीद्वय मण्डल र साह गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि मंगलवबार राती घर फर्किएका छन् । कुटिएका विद्यार्थी मण्डलको आँखामा गम्भीर चोट लागेको छ । मण्डल र साहको शरिरको विभिन्न भाग फलामको रडले कुटिएको निशान देखिएको छ । मंगलबार साँझ र बुधबार दिउँसो आक्रोसित विद्यार्थीहरुले प्रधानाध्यापक अध्यक्षलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरेका छन् ।

नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम वापत ५ सय रुपैयाँ र कक्षा १० को रजिष्ट्रेसन फारम शुल्क वापत एकहजार रुपैयाँ लिईरहेको थियो । यसका अतिरिक्त विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै विद्यालय सुधार सहयोग वापत समेत परीक्षाको मुखमा विद्यार्थीसँग रकम माग गरेपछि केही विद्यार्थीहरुले अनावश्यक शुल्कको मारमा पारिएको भन्दै विरोध गरेका थिए ।