धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना ३२ घाइते एक निधन – Nagarikabhiyan : National News

धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना ३२ घाइते एक निधन

 

धनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम लिएर आएको बस मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको छ । बसमा ३७ जना सवार रहेको बताइएपनि हालसम्म ३२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३२ घाइते, एक निधन
ना६ख ८४२४ नम्बरको बस दुर्घट्ना हुादा एकजनाको निधन भएको पनि प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको सनाखत भने भइसकेको छैन ।

धनुषाको धारापानीबाट इलाम घुम्न आएको विद्यार्थी टोली दुर्घटनामा परेको इलामका प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडाले बताए । बसमा ३७ जना रहेको भनिए पनि हालसम्म ३२ जना मात्रै भेटिएको प्रहरीले जनाएको छ ।