भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख सहयोग – Nagarikabhiyan : National News

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख सहयोग

जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ।

नेपालका लागि चीनका राजदूत छन सोङ शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए।