जुवातास खेलिरहेका २१ जना पक्राउ – Nagarikabhiyan : National News

जुवातास खेलिरहेका २१ जना पक्राउ

नुवाकोटको विदुर नगरपालिका–२, विदुरस्थित नर्थ भ्यू होटेलमा जुवातास ९कौडा० खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रवीन्द्र आचार्यसमेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

होटेलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ ।