प्रहरीद्धारा लागु औषध सहित बिस्फोटक पदार्थ नष्ट
२८ कार्तिक २०७७, शुक्रबार १५:४०
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले बिभिन्न समयमा बरामद गरिएको लागु औषध र पट्का तथा बिस्फोटकजन्य पदार्थ नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापा जिल्लामा आएपछि झण्डै ६ महिने कार्यकालमा बरामद गरिएको लागु औषध, कटान गरिएको गाँजा, हातहतियार र घरेलु मदिरा समेत पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो ।
प्रहरीले सीमा क्षेत्रमा बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न थालेको अभियान अन्र्तगत लागु औषध, गाँजा फडानी, हातहतियार नियन्त्रण, राजस्व छलि, आतिसबाजीका समानहरु, राजस्व, घरेलु मदिरा सहितमा निगरानी बढाएकाले बरामद गरिएको समानहरु एकीकृत रुपमा नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
थापाले जिल्लामा जिम्मेवारी सम्हालेपछि बैशाख २४ गते यता १५ प्रकारका लागु औषधको दुई हजार ६ सय ५३ एम्पुल, ३ सय ८३ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, १२ हजार ९ सय ८३ क्यापसुल, १२ हजार ६७ टयाबलेट, १ हजार ८ सय ९ बोतल डायलेक्स डिसी र २ बोतल फेन्सीडिल बरामद गरेको जानकारी दिनुभयो ।
प्रहरीले बरामद गरेको लागु औषधमा ६० थान मुद्दा चलाएकोमा ९३ जनालाई नियन्त्रणमा लिई लागु औषध ओसार पोसार ऐन अन्र्तगत कार्वाही गरेको थापाले बताए ।

प्रहरीले लागु औषध नियन्त्रणसँगै गाँजा फडानी समेत गरेको जनाएको छ । प्रहरीले कार्तिक २१ गतेबाट थालेको गाँजा नष्ट अभियान अन्र्तगत १५ हजार ५ सय २९ बोट काटेर नष्ट गरेको छ ।
त्यसै
गरी बिस्फोटक पदार्थ आसोर पोसार तथा कारोवार गर्ने ७ जनालाई कार्वाही गरेर २ वटा मुद्दा चलाएको छ । प्रहरीले खुर्सानी नामक पट्का ९५ बण्डल, १ थान पेस्तोल, २ थान गोली समेत बरामद गरी कार्वाही गरेको छ । प्रहरीले राजस्व छलि गरी ल्याएको समानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउने क्रम समेत जारी राखेको छ ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख १ हजार ४ सय ११ रुपैयाँको समान बरामद गरेकोमा चालु आर्थिक वर्षमा १ करोड ६२ लाख ७० हजार ७ सय २८ रुपैयाँ बराबरको समान राजस्व बुझाएको प्रहरी उपरीक्षक थापाले बताए ।
त्यसैगरी छठ र तिहारका लागि ल्याइएको अवैध पट्काजन्य पदार्थ २ सय ६२ बण्डल नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा उजुरी छानबिन शाखामा आएको २ सय ४४ उजुरीमा १ सय २८ थान फर्छौट भएको र १ सय १६ थान बाँकी रहेको जनाएको छ ।
महिला तथा बालबालिका सम्वन्धि उजुरी १ सय ८१ थन परेकोमा १ सय १५ थान फर्छौट भएको र ६६ थान बाँकी रहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
यता कार्तिकमा मात्रै ट्राफिक राजस्व अन्र्तगत ६० लाख ५६ हजार रुपैयाँ असुली गरेको छ । यही अवधिमा बेवारिसे लागु औषध समेत प्रहरीले बरामद गरेको छ ।
डायलेक्स डिसी ७ सय ३४ थान, स्पास्मो प्रोसिक्सिवन ७ हजार २ सय ७५ क्यापसुल र नाइट्रोजन १० दश लेखिएको ३ हजार ५ सय २० टयावलेट तथा १ हजार ४२ लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा बरामद गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया