बाँकेमा धारिलो हतियार प्रहारबाट १ युवक घाइते
३० कार्तिक २०८०, बिहीबार १२:५६
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट १ जना युवक गम्भीर घाइते भएका छन्। कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन्।
विकलाई आज बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया