लक्ष्मी झाँकीले झकिझकाउ – Nagarikabhiyan : National News

लक्ष्मी झाँकीले झकिझकाउ

तिहारको अवसरमा यहाँका गाउँघर र सहर बजारमा भगवान लक्ष्मीको झाँकी निकालिएको छ । झाँकीले गाउँघर, चोक, सहरबजार झकिझकाउ बनेका छन् । यसले तिहारको रौनक बढाएको छ । लक्ष्मी पूजा गर्नेको चहलपहलसँगै तिहार उल्लासमय बनेको छ । बिहान, साँझ र विशेष गरी रातिका बेला पूजा गर्नेको घुइँचो हुने गरेको छ । झिलीमिली बत्तीसँगै माइक बजाएर भजनकीर्तन र धार्मिक गीत बजाउँदा तिहारको माहोल बनेको छ ।