बैतडीमा लोकेन्द्र र नरेन्द्र दुईजना मृत फेला – Nagarikabhiyan : National News

बैतडीमा लोकेन्द्र र नरेन्द्र दुईजना मृत फेला

 

बैतडी-बैतडीमा मंगलवार दुईजना मृत फेला परेका छन। जिल्लाको मेलौली नगरपालिका ७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका ७ का ५० वर्षीय  बहादुर ऐर मृत फेला परेका हुन्।

सोमवार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
मेलौली नगरपालिका ७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब ५ मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ। ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ।

ओझाको मृत्युको कारण भने खुलेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरीटोली घटनास्थलतर्फ गएको छ।
सोमवार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसेका उनी मृत अवस्थामा फेला परेका हुन्।

ऐरको शव मंगलवार बिहान फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।