ललितपुरको एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२७ कार्तिक २०८०, सोमबार ०६:०५
ललितपुर महानगरपालिका–१४ नक्खिपोटमा रहेको एक रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट १ लाख ३ हजार ४ सय २० रुपैयाँ पनि बरामद गरिएको छ।
यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट ३४ हजार एक सय ४० रुपैयाँ बरामद गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया