झिलिमिली सुनसरीको देवानगञ्ज बजार (फोटो फिचर)
२६ कार्तिक २०८०, आईतवार १८:४२
देवानगञ्ज –नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।
घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।
फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले देवानगञ्ज गाउँपालिकाको अधिकांस शहर पनि झलमल्ल बनेको छ।
लक्ष्मीपूजाको दिन देवानगञ्ज सहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ सहर झिलिमिली पार्ने चलन थियो । पछिल्लो समय सहरदेखि गाउँसम्म विद्युतीय बत्तीले झिलिमिली पारेर तिहारको स्वागत गरिन्छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया