सडकमा गुडिरहेको जिप घरमा ठोक्कियो– ६ जनाको मृत्यु १ जना घाइते – Nagarikabhiyan : National News

सडकमा गुडिरहेको जिप घरमा ठोक्कियो– ६ जनाको मृत्यु १ जना घाइते

नवलपरासी बर्दघाट सुस्तापूर्व को देवचुली नगरपालिका–९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा १ जना घाइते भएका छन्।

डीएसपी पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी छ। जिप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।