मिर्चैयामा जुवातास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ – Nagarikabhiyan : National News

मिर्चैयामा जुवातास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

मिर्चैया नगरपालिका ६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।