राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट
२३ कार्तिक २०८०, बिहीबार १८:४६
राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया