एमालेको मध्यपहाडी अभियानका चार मुख्य उद्देश्य के के होलान
२२ कार्तिक २०८०, बुधबार १८:४८
नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ।
बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झन्डोत्तलसँगै अभियान सुरु हुने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूमाझ निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्तर्क्रिया गरिने बताए।
त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने बताए। १२र१५ खालका क्रियाकलापहरू गर्दै हामी चिवाभञ्ज्याङ पुग्नेछौुं, उनले भने त्यहाँ राष्ट्रिय झन्डोत्तलन गर्दै यो अभियान सम्पन्न भएको प्रतीक चिह्न राखेर फर्किनेछौँ।
उनले अभियानबाट मधेश र हिमाललाई पनि जोडिने बताए। ‘सिंगो देशको अभियानको रुपमा यसलाई अगाडि बढाउँछौं उनले भने राजनीतिक अभियान त हुँदै हो। त्योभन्दा पनि बढी विकास निर्माण, सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रुपमा यसलाई लैजान्छौं।’
पहाडको विकासमा चुनौती के हुन्, जसले पहाडको बसाइसराइलाई कम गर्न सकिन्छ, त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ’, उनले पहिलो उद्देश्य प्रस्तुत गर्दै भने, ‘पहाड समृद्ध नहुञ्जेलसम्म सिंगो राष्ट्र समृद्ध हुन सक्दैन। त्यसैले विकासको समस्या पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुनेछ।’
दोस्रो उद्देश्य स्वरुप उनले राष्ट्रिय एकताको निर्माणलाई प्रस्तुत गरे। भने, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, विभिन्न कोणबाट देखा पर्न लागेका कतिपय संकिर्ण अतिवादी सोचहरूलाई निष्तेज गर्ने र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया