तालाबन्दीका कारण सप्तरीको विष्णुपुर गाउँपालिका–६ को काम एक हप्तादेखि प्रभावित – Nagarikabhiyan : National News

तालाबन्दीका कारण सप्तरीको विष्णुपुर गाउँपालिका–६ को काम एक हप्तादेखि प्रभावित

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा एक हप्तादेखि स्थानीयले गरेको तालाबन्दीका कारण दैनिक कामकाज प्रभावित भएको छ ।

आयरव्यय सार्वजनिकलगायतका चार सूत्रीय माग राखी गएको मङ्गलवारदेखि स्थानीयले तालाबन्दी गर्दा सेवा पूर्णरूपले प्रभावित भएको हो । माग सम्बोधनका लागि पटक–पटक आग्रह गरे पनि वास्ता नगरेकाले तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको सङ्घर्ष समितिका अध्यक्ष राजेशकुमार रायले बताउनुभयो ।

तालाबन्दी तथा धर्ना कार्यक्रमले दैनिक कामकाजमा समस्या आउँदासमेत जनप्रतिनिधिले ताला खोल्न चासो नदिएको सेवाग्राहीले गुनासो गरे ।