डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु ५ जना घाइते – Nagarikabhiyan : National News

डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु ५ जना घाइते

डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा ​बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो​। बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जीप सडकबाट ५०र६० मिटर तल खसेको प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइराललाले जानकारी दिए।

तीनजनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको कोइरालाले बताए।
मृतकहरूको पहिचान हुन सकेको छैन।