गुन्डा नाइके रिगललाई कुन जेलमा राख्ने भन्नेमै अन्योल जिल्ला अदालत बाँकेको आदेशपछि मात्र कारागार चलान गरिने – Nagarikabhiyan : National News

गुन्डा नाइके रिगललाई कुन जेलमा राख्ने भन्नेमै अन्योल जिल्ला अदालत बाँकेको आदेशपछि मात्र कारागार चलान गरिने

राष्ट्रपतिबाट पाएको आममाफीविरुद्ध सर्वोच्च अदालतको आदेशलगत्तै पक्राउ परेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई कहाँ राख्ने भन्नेबारेमा सुरक्षा अधिकारीहरु अन्योलमा परेका छन् ।

हिजै बिहीबार पक्राउ परेका ढकाललाई पुनस् अदालत पेस गर्नुपर्ने वा कारागार चलान गर्ने भन्नेबारे स्पष्ट नभएकाले अन्योलमा परेको बाँके प्रहरीले जनाएको छ । जिल्ला जिल्ला सुरक्षा समितिको बैठकमा समेत ढकाललाई कहाँ राख्ने भन्नेबारेमा छलफल भएको थियो । केन्द्रीय कारागार व्यवस्था विभागको निर्णय र आदेशअनुसार ढकाललाई पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जनाए ।

सर्वोच्च अदालतले कैद माफी बदर गरेलगत्तै प्रहरीले हिजै ढकाललाई नेपालगन्जस्थित सेतु विक चोकस्थित उनको ससुराली घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई ससुराली घरमा लुकेको अवस्था पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

पक्राउ पर्नुअघि रिगलले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो राखेर सर्वोच्चको फैसलाको सम्मान गर्दै आफू आत्मसर्मपण गर्न जाँदै गरेको बताएका थिए । तर प्रहरीले भने ढकालले आत्मसमर्पण गरेको नभई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।