नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट विज्ञापनसहित
१७ कार्तिक २०८०, शुक्रबार ०८:००
नेपाली सेनामा जागिर खुलेको छ। सैनिक साधारण सेवा समूह अर्न्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले दरखास्त आह्वान गरेको हो।
भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ।
जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२ महिला १७आदिबासी–जनजाति ३३ मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने जंगी अड्डाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया