रिगलको मुद्दामा आज फैसला पुनस् थुनामा पठाउने कि माफी सदर गर्ने टुंगो लाग्ने – Nagarikabhiyan : National News

रिगलको मुद्दामा आज फैसला पुनस् थुनामा पठाउने कि माफी सदर गर्ने टुंगो लाग्ने

व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला सनाउँदैछ। बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार हेर्दाहेर्दै राखिएको थियो।

बुधबार सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस गरेका थिए। बहस सकिए पनि फैसलाका लागि समय नपुगेपछि आजका लागि निसु तोकिएको हो। भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस भइरहेको थियो।

आज हुने फैसलाले रिगललाई पुनस् थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्क्योल गर्नेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्‍यो भने रिगल पुनस् पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ।

रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। उनलाई जिल्ला,उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।