चर्चित कलाकार चक्र बमसहित ९ जना जुवाखालबाटै प्रहरीद्वारा पक्राउ – Nagarikabhiyan : National News

चर्चित कलाकार चक्र बमसहित ९ जना जुवाखालबाटै प्रहरीद्वारा पक्राउ

जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको एक डान्सबारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर इकु, शंकर आचार्य गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।