आफैमा एक विचार रहेको दहालसंग , केपी ओलीले तुलना गर्न मिल्दैन : शिव कुमार मण्डल (नेकपा)
२७ कार्तिक २०७७, बिहीबार १५:५१
पुष्पकमल दहाल (प्रचण्ड) संग प्रधानमन्त्री ओलीले तुलना गर्न नमिल्ने नेकपा केन्द्रिय कमिटि सदस्य एवम , प्रतिनिधिसभा सदस्य शिव कुमार मण्डलले बताए । प्रधानमन्त्री के.पी ओली विगतको दिनमा अरुको नेर्तत्वमा पार्टि सदस्यको हैसियतले पर्टि प्रवेश गरेको र आफैमा एक सिद्धान्त एवम योद्धाको रुपमा रहनुभएका पुस्पकमल दहालसंग तुलना गर्न नमिल्ने बताए । एक कार्यक्रममा उनले , प्रचण्ड स्वयम एउटा राजनिति परिवर्तन गरेर आएको मान्छे र के.पि ओली एउटा पार्टिको सदस्य भएर अर्थात जुन पार्टिको नेतृत्व पुस्पलाल , मदन भण्डारीले गरेको सो पार्टिको एक कार्यकर्ता मात्र रहेको नेता मण्डलले बताए । यस्तै उनले , प्रचण्ड आफैमा एक विचार ,दृष्टिकोण तथा एक आन्दोलन रहेको उनले बताए भने ओली भनेको विचार र आन्दोलनको एउटा पात्र रहेको प्रतिनिधिसभा सदस्य शिव कुमार मण्डलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया