पत्रकार सीता शर्माको निधन
१० कार्तिक २०८०, शुक्रबार ०६:१३
पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज केएमसी मा छोरीलाई जन्म दिएकी थिइन् । ’प्रेसर लो’ भएर अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।
अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका(१ परासीस्थित घरमा लगिएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया