देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का सदस्य यादवलाई पितृ शोक
९ कार्तिक २०८०, बिहीबार १८:२४
देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा वडाका वडा सदस्य प्रशुराम यादवलाई पितृ शोक परेको छ । वडा सदस्य यादवका बुवा बुधु यादवको निधन भएको छ । बुधवार अचानक बेहोस भएको यादव लाई उपचारको लागि विराटनगर स्थित नोवेल शिक्षण अस्पताल लगिए पनि उचारको कर्ममा मृत्यू भएको थियो । मृत्यक यादवको हिन्दु प्ररम्परा अनुसार बुधावार अत्यष्टी गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले जानकारी दिनु भयो ।
यादवको बुवाको निधन प्रति गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा अध्यक्ष हरिनन्दन मेहता र जसपाका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए ।
यादव जनता समाजवादी पार्टी वाट दोस्रो पटक निर्वाचित भएका छन् । वडा सदस्यको बुवाको निधन प्रति गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा अध्यक्ष हरिनन्दन मेहताले गहीरो दुःख व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया