काभ्रेमा डेढ लाख नगदसहित तास खेलिरहेका ८ जना पक्राउ – Nagarikabhiyan : National News

काभ्रेमा डेढ लाख नगदसहित तास खेलिरहेका ८ जना पक्राउ

काभ्रेको नमोबुद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।
गएराति डेढ बजे नमोबुद्ध नगरपालिका १० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।