बडा दसैंको सातौं दिन आज घरघरमा भित्र्याइँदै छ फूलपाती
४ कार्तिक २०८०, शनिबार ०६:२०
बडा दसैँको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।
दसैंघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । योपटक पनि गोरखा दरबारबाट फूलपाती ल्याइँदै छ । नेपाली सेनाले सो फूलपाती ल्याउने चलन छ ।
कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीको क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनको नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।
षष्टी तिथिका दिन साझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।
‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका स् ।।’
१ कदली( केराको पात २ दाडिमी – दाडिम अनार ३ धान्या – धान ९बाला सहितको बोट ० ४ हरिद्रा( हलेदो ५ मानकं – ६ कचु ७ अशोक ८ बेल ९ जयन्ती यसरी नौ प्रकारका अौषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नको समय पारेर पुजाकोठा या जमरा घरमा विधिपूर्वक दियो,कलश गणेश स्थापना गरेर पञ्चोपचार या षोडषो पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याइन्छ ।
वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाको विशेष महत्व रहेको छ । हाम्रो देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएको पाईन्छ । हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुको बसोवास रहेकाले पनि भूमि हनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाति सुकेपछि धुलोबनाएर शुद्ध गाईको ध्यूले मोलेर बर्षदिन धुपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया