नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो
३ कार्तिक २०८०, शुक्रबार ०९:४२
नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक असईपदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।
इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।
प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया