दशैँ बिदामा पनि मानवअधिकार आयोग खुला रहने – Nagarikabhiyan : National News

दशैँ बिदामा पनि मानवअधिकार आयोग खुला रहने

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू दशैँ बिदामा पनि खुला रहने भएको छ। ती दिनमा बिहान ११।०० बजेदेखि दिउँसो २।०० बजेसम्म कार्यालय खुला रहने भएको हो।

आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यस अवधिमा आयोगले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार, गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमनसमेत गर्ने आयोगले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यस्तै आसन्न दशैँ, तिहार तथा छठ पर्व २०८० को अवसरमा आयोगले सबैमा शुभकामना व्यक्त गरेको छ ।