गाजाका बालबालिका भन्छन् हाम्रा खुशी छिन्दा पनि उनीहरु अघाएनन
१ कार्तिक २०८०, बुधबार १९:३८
१ कात्तिक –गाजा स्ट्रिपमा बालबालिकाको उमेर सोध्ने शैली पृथक छ । कुनै बालबालिकाको उमेर सोध्नुपर्यो उसलाई प्रश्न गरिन्छ( ‘कतिवटा इजरायली हमलाको सामना गर्यौ रु’
प्यालेस्टाइनी समूह हमासले हमला गरेसँगै इजरायलले गाजामा आततायी आक्रमण गरिरहेको छ । उसले अस्पताल, स्कुलमा पनि बमबारी गरेको छ । गाजामा १५ वर्षको अवधिमा इजरायलले ठूलो हमला गरेको यो पाचौँ पटक हो ।
२० लाख ३० हजार मानिस बसोबास गर्ने यस क्षेत्रमा बहुसंख्यक जनसंख्या १८ वर्षमुनिका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार त्यहाँका बालबालिका लगातार आघातमा बाँच्न विवश छन् । प्रत्येक ५ मध्ये ४ मा चरम निराशा, भयंकर त्रास र दर्दनाक दुस्खको स्थिति रहेको त्यस संस्थाको सर्वेक्षण छ । तीमध्ये आधा बालबालिका आफ्ना दौँतरीको निधनका कारण आत्महत्याको सोचमा समेत पुगेको स्थिति छ ।
एक सातायता इजरायलले गाजामा गरेको हमलामा एक हजार भन्दा बढी बालिबालिकाको ज्यान गएको छ । बचेका बालबालिकाहरुको मानसिक स्थिति सही सलामत राख्न अभिभावकले हरसम्भव कोशिस गरिरहेका छन् । आफ्नो बच्चाको हविगतबारे अभिभावक जाबर हज क्वेसी भन्छिन्, ‘मेरो बच्चा निकै त्रस्त छ । कुनैपनि आवाजमा ऊ भयभित भएर उफ्रिन्छ । कसैले अलिकति ठूलो स्वरमा मजाक गरेपनि उसले सहन सक्दैन । हरपल म उसलाई यो युद्ध अन्त्य हुन्छ भनेर सम्झाउने कोसिस गर्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया