बेलबारी गोल्डकपमा युकेएफसी विरुद्ध सहलेसको जित आज काठमाडौं र धनकुटा भिड्ने – Nagarikabhiyan : National News

बेलबारी गोल्डकपमा युकेएफसी विरुद्ध सहलेसको जित आज काठमाडौं र धनकुटा भिड्ने

बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत युकेएफसी भारत तथा सलहेस युवा क्लब सिराह बिच भएको खेलमा युकेएफसीले हार बेहोरेको छ ।

मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मी माविको खेल मैदानमा सोमवार भएको दोस्रो दिनको खेलमा सहलेसले शुन्यका बिरूद्ध ४ गोल गरेको छ । सहलेशका लागि वान भर्सेर वानमा फैजलले २४ मिनेटमा, फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेटमा गरे । तेसै गरि विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र फोफोना ईभ्राईनले खेलको ६० मिनेटमा चौथो गोल गरेर आफ्नो टिमलाई सानदार विजयी बनाए।

खेलको म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना ईभ्राईम घोषित भए । उनले रू ५ हजार नगद पुरस्कार पाए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी रहेका थिए ।
आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका १ गरेर ८ वटा टिमको सहभागिता रहेको खेल संयोजक भाइकुमार गुरूङले जानकारी दिए ।

प्रतियोगिताको पाँचौ संस्करणको उपाधि भने गत बर्ष सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेको थियो। राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । अन्तराष्ट्रिय स्तरको गोल्डकपमा १६ हजार भन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको आयोजकले उल्लेख गरेको छ । प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ । प्रतियोगिताको विजेता टिमले रू ८ लाख तथा उपविजेताले रू ५ लाख नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउँने गोल्डकपका प्रवक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।

मंगलबारको खेल रारा फुटवल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाईज काठमाडौंका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवाले जानकारी दिए ।