पेट्रोल पंम्पको ठगी धन्दा तर पनि परेन प्रहरीको फन्दा
२६ कार्तिक २०७७, बुधबार १७:५७
मुस्ताक आलम । लौकही ।
सुनसरीको कोशी गाउँपालिकामा रहेको लौकही आयल सेन्टरले उपभोक्ता ठगी गरेको गुनासो बाहिर आएको छ । १ नम्बर प्रदेश स्थित सुनसरीको कोशी गाउँपालिका १ मा रहेको लौकही आयल सेन्टरले किसानलाई डिजलमा ठगी गरेको रहस्य बाहिर आएको छ । पछिल्लो समय स्थानीय किसानहरुलाई विक्रि वितरण गर्ने इन्धन तौलमा ठगी गरेको गुनासो बाहिर आएको छ । लौकही आयल सेन्टरको धेरै अगाडि पनि किसानलाई इन्धन तौल(मापन)मा ठगी गरेको र हाल आएपनि ठगी धन्दा चलाएकाले स्थानीय किसान आक्रोशित भएका छन तर ठोस प्रमाण नपुगेर किसानले चुपचाप बस्दै आइरहेका छन् । किसानलाई ग्यालेन र जर्किनमा कम तौल दिएर ठगी गर्दै आएको एक किसानले बताए । मंगलबार मात्र कोशी गाउँपालिका ५ का असगर अलिले लौकही आयल सेन्टरबाट इन्धन लिएर घर आउँदा घरमा नापी गर्दा इन्धनको तौलमा कमी भएको फेला परेपछि ठगिएको पुष्टी भएको हो । नापेर दिएको ५६ लिटर डिजलमा घरमा नाप्दा ७ लिटर नै कम भएको भन्दै स्थानीय किसान आक्रोशित बनेका छन् । लौकही आयल सेन्टर लौकहीको अनुगमन नहुदा उपभोक्ता मारमा परेको र गुणस्तरीयहिन मिसावटयुक्त इन्धन बेचेर ठगि गर्दै आएकाले किसान निराह बनेका छन् । एकपछी अर्को ठगी धन्दाले उपभोक्ता मारमा परेकोबेला एक जना किसानले इन्धन ल्याए पछि नापी गर्दा ५६ लिटर इन्धनमा ७ लिटर इन्धन कम रहेको पुष्टि भएपछी तत्काल लौकही आयल सेन्टरका मालिकसंग कुरा गर्दा तपाईंको पंम्पमा इन्धनको मापन सहि छैन भनेपछि होइन त्यस्तो हुँदै हुदैन अनि कसरी भयो ? त भन्नुहोस् त भनेर एक लिटरमा कति ग्राम हुन्छ भनेर सोधपछि ८ सय ग्राम हुन्छ भनेर किसानलाई झुक्याउने प्रयास गरेको थियो । अनिपछिबाट ल ठिक छ म पुलिस निर जान्छु भनेपछि होइन जानू पर्दैन तपाई आउनु म तपाइलाई तपाइँको घटेको इन्धन फिर्ता दिन्छु भनेर भनेर मिलाएको थियो । यो के हो ? ब्यापारीले पैसा र पवारको आडमा सिधासाझा किसान ,उपभोक्तालाई यसरी ठगिदै आइरहेको छ तर यी किसानहरुको पीडा सुनिदिने निकाय नभएको गुनासो समेत बाहिर आएको छ । लौकही आयल सेन्टरको अनुगमन नहुदा उपभोक्ताले सास्ती खेपिरहनुभएको छ । यता लौकही आयल सेन्टरका संचालक बिन्दी साहले भने इन्धनको मापनमा कर्मचारीको फटाइ होला नत्र इन्धन मापनमा कहिले गुनासो नआएको प्रतिक्रिया दिएका छ्न ।
एता उपभोक्ताहरुले प्रहरी र अनुगमन गर्ने निकायले नियमित अनुगमन नगर्दा गठी धन्दा फस्टाएको गुनासो गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया