२४ दिनदेखि बेपत्ता छिन् पोखराकी २४ वर्षीया राधा – Nagarikabhiyan : National News

२४ दिनदेखि बेपत्ता छिन् पोखराकी २४ वर्षीया राधा

कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तीकी २४ वर्षीय राधा कुँवर २४ दिनदेखि बेपत्ता भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार कुँवरले गत असोज पाँच गते कसैलाई जानकारी नै नगराई हिँडेकोमा अहिलेसम्म घरमा फर्किएकी छैनन्।

उनलाई फेला पार्न प्रयास गरे पनि अहिलेसम्म घरमा नआएको तथा आफन्त र इष्टमित्रको सम्पर्कमा समेत नरहेपछि परिवारले राधाको खोजीका लागि कास्की प्रहरीमा निवेदन दिएका थिए।
राधाका आफन्तहरू सहित प्रहरीले पनि कास्की जिल्लासहित अन्य जिल्लाका प्रहरीसँगको सहकार्य गरेर खोजी गरिरहेको डीएसपी विकले बताए।

गहुँगोरो वर्ण र मझौला शरीर रहेकी राधाको उचाइ चार फिट पाँच इन्च छ। हराउँदाको बखत कालो पाइन्ट र सेतो टिसर्ट लगाएकी उनको देब्रे हातमा काटेको खत रहेको कास्की प्रहरीले बताएको छ।