संसदको चालु अधिवेशन कात्तिक १४ सम्म जान्छः मन्त्री गुरुङ – Nagarikabhiyan : National News

संसदको चालु अधिवेशन कात्तिक १४ सम्म जान्छः मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन्
शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताए । उनले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए ।

उनले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटो भन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए ।
उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए ।

उनले भने, ‘यो मुलुकको इज्जतको विषय पनि हो । स्वाभिमानको विषय पनि हो । आयोगको कार्य सम्पादनको विषयमा मैले बोल्न चाहिन ।

कानून निर्माणका सन्दर्भमा जुन छ, सैद्धान्तिक सहमतिका सन्दर्भमा धेरै दिन लाग्दैन । सैद्धान्तिक सहमतिको मात्रै कुरा होइन, जुनसुकै विधेयकलाई हामीले अहिले कानून मन्त्रालयको सन्दर्भमा सहमति दिने सन्दर्भमा छिटो भन्दा छिटो गर्ने भनेर लागेका छौँ । विधेयकहरु सकेसम्म ७ दिन र धेरै थुप्रिए १५ दिन भनेर लागेका छौँ ।

त्यसै अनुसार काम भएको छ । यसको मस्यौदा सबै मिलेर गर्नुपर्छ, छिटो ल्याउनुपर्ने हुन्छ । फास्ट ट्रयाकमा हामी काम गर्नेछौँ । यही अधिवेशन भित्र निकै गाह्रो होला ।

कात्तिकको १३,१४ सम्म जानसक्ने सम्भावना छ । यो अधिवेशनमा निकै गाह्रो छ । जसरी हामीले टिआरसीमा अलिअलि इज्जत जोगाइरहेका छौँ । कानून निर्माणको सन्दर्भमा कतै रोकिँदैन ।’
मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १३÷१४ गतेसम्म चल्ने बताए ।